कांग्रेस विशेष महाधिवेशन पक्षधरले पदयात्रा कार्यक्रम स्थगित गरे

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २६, शनिबार (१ महिना अघि)
  • २ पटक पढिएको
कांग्रेस विशेष महाधिवेशन पक्षधरले पदयात्रा कार्यक्रम स्थगित गरे

काठमाडौं, २६ पुस। नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले आज गर्ने भनेको पदयात्रा स्थगित भएको छ।

विशेष महाधिवेशनको प्रचारप्रसारका लागि आज दिउँसो १ बजे भृकुटीमण्डपबाट पदयात्रा गर्ने तय भएको थियो ।

कांग्रेस नेता एवं पूर्वमन्त्री वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गर्दै पदयात्रा स्थगित गरिएको हो ।

विशेष महाधिवेशन पक्षधर आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा दिवंगत दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकको बेला कार्यक्रम नगर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।

महान्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २७ र २८ गते विशेष महाधिवेशन बोलाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस