कांग्रेस सभापति देउवा राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २६, शनिबार (१ महिना अघि)
  • २ पटक पढिएको
कांग्रेस सभापति देउवा राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट

काठमाडौं, २६ पुस। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । आफ्नो निवास महाराजगन्जमा आफूलाई भेट्न आएका पार्टीभित्रको इतर समूहका नेता डा.शेखर कोइरालासँगको भेटघाट छोट्याएर देउवा राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् । 

भेटघाटको विषय के हो भन्ने खुलेको छैन । कांग्रेसभित्र विशेष महाधिवेशनको विवाद चलिरहेको र राष्ट्रपति पौडेल पनि राष्ट्रपति बन्नुभन्दा पहिला कांग्रेसका नेता रहेकाले कसरी समाधानको उपाय निकाल्ने भन्नेबारे छलफल गर्न र सुझाव माग्न देउवा शीतल निवास पुगेको हुनसक्ने निकट नेताहरू बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस