पूर्वमन्त्री दाहालको निधन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २६, शनिबार (१ महिना अघि)
  • १  पटक पढिएको
पूर्वमन्त्री दाहालको निधन

काठमाडौं, २६ पुस। पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ । शुक्रबार साँझ काठमाडौँमै उनको निधन भएको वरिष्ठ पत्रकार तथा लेखक पुरुषोत्तम दाहालले जानकारी दिए । 

८४ वर्षीय दाहाल केही समयता केही अस्वस्थ थिए ।  आज बिहान ७ बजेदेखि ९ बजेसम्म निजी निवास मैतीदेवीमा श्रद्धाञ्जली अर्पण गरिने र ९:३० बजेपछि पशुपति आर्यघाटमा श्रद्धाञ्जली तथा दाह संस्कार परिवारका सदस्यले जानकारी दिए । 

दाहालकी धर्मपत्नी सुधा दाहाल यतिखेर वीर अस्पतालमा उपचारार्थ  रहेकी छिन् । दाहालका दुई छोरा डा सुधाम्शु  र हिमाम्सु रहेका छन् । 

नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, वरिष्ठ पत्रकार समेत रहेका दाहाल   नेपाल पत्रकार महासङ्घका पूर्व सभापति समेत रहेका थिए । 

ताजा अपडेट

खोजी गर्नुहोस