दाङमा लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ, मोटरसाइकल बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २६, शनिबार (१ महिना अघि)
  • २ पटक पढिएको
दाङमा लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ, मोटरसाइकल बरामद

दाङ, २६ पुस। प्रहरीले ठूलो मात्रामा ब्राउन सुगर बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट घोराहीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको हो ।

घोराही १४ खोलीगाउँका ३४ को सुशील गहतराज ३२ वर्षिय अमर नेपालीको साथबाट ४७ ग्राम ६ सय ७० मिलिग्राम भएको लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले लु ८० प ६३१ नम्वरको मोटरसाइकल पनि बरामद गरेको छ । उनीहरूलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको दाङ प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस