आश्रम विवादमा जनकपुर–ढल्केवर सडक तनावग्रस्त, ६ राउण्ड अश्रुग्याँस प्रहार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २६, शनिबार (१ महिना अघि)
  • ३ पटक पढिएको
आश्रम विवादमा जनकपुर–ढल्केवर सडक तनावग्रस्त, ६ राउण्ड अश्रुग्याँस प्रहार

ढल्केवर, २६ पुस। ऐलानी जग्गा कब्जा गरेर सतलोक आश्रम बनाएको भन्दै सुरु भएको विवादले उग्र रूप लिएपछि जनकपुर–ढल्केवर सडक खण्ड तनावग्रस्त बनेको छ। 

धनुषाको मिथिला नगरपालिका–२ स्थित रहेको सतलोक आश्रम (रामपाल आश्रम) एलानी जग्गा कब्जा गरेर आश्रम बनाएको भन्दै स्थानीयले विरोध गरेका थिए।

विरोध गर्न आश्रम पुगेका स्थानीयमाथि आश्रमबाट आक्रमण भएपछि अवस्था तनावग्रस्त बनेको हो। स्थानीयले अहिले जनकपुर–ढल्केवर सडक खण्डमा पर्ने औरही पुलमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।

स्थानीय प्रदर्शनकारीहरूले आश्रमबाट निस्केको एम्बुलेन्समाथि तोडफोड गरेका छन्। अवस्था नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्याँस समेत प्रहार गरेको छ।  

ताजा अपडेट

खोजी गर्नुहोस