संखुवासभाको खाँदबारीमा मोटरसाइकल र अटो ठोक्किँदा तीन जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २६, शनिबार (१ महिना अघि)
  • ३ पटक पढिएको
संखुवासभाको खाँदबारीमा मोटरसाइकल र अटो ठोक्किँदा तीन जना घाइते

संखुवासभा, २६ पुस। संखुवासभाको खाँदबारी नगरपालिका–७ लविङहिलमा मोटरसाइकल र अटो ठोकिदाँ ३ जना घाइते भएका छन् । आज बिहान करिब साढे ११ बजेतिर खाँदबारी–७ लविङहिलस्थित कोशी राजमार्गमा खाँदबारीबाट सेकाहातर्फ जाँदै गरेको को ३८ प १०८९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट खाँदबारीतर्फ आउँदै गरेको प्र.१–०२–००५ ह १५९६ नम्बरको अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा अटो सडकबाट अन्दाजी २५ मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घटनामा खाँदबारी–९ भेडेटार बस्ने ३२ बर्षिय खेमराज मगर, सभापोखरी– ३ पावा बस्ने वर्ष २२ कि सविना राई र अटोमा सवार वर्ष  २५ कि विपना राई  घाइते भएको प्रहरीले जनाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस