कारागारबाट फरार भएका कैदी ताप्लेजुङमा पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २६, शनिबार (१ महिना अघि)
  • ३ पटक पढिएको
कारागारबाट फरार भएका कैदी ताप्लेजुङमा पक्राउ

ताप्लेजुङ, २६ पुस। काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई ताप्लेजुङबाट पक्राउ गरिएको छ। प्रहरीका अनुसार काठमाडौंस्थित कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका ३३ वर्षीय जीवनकुमार चर्मकार ताप्लेजुङमा पक्राउ परेका हुन् । उनी ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ का स्थायी बासिन्दा हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार चर्मकार लिखत किर्ते र चोरी मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गर्दै आएका थिए । उनी हाल काठमाडौं महानगरपालिका–२८ बागबजारमा डेरा गरी बस्दै आएका थिए । 

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका स्थित निर्माणाधीन एक जलविद्युत आयोजनामा लुकिछिपी बस्दै आएको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतले २०८२ असार १७ गते चर्मकारलाई एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस