धनुषामा झडप १६ अश्रुग्यास प्रहार, ८ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २६, शनिबार (१ महिना अघि)
  • ३ पटक पढिएको
धनुषामा झडप १६ अश्रुग्यास प्रहार, ८ जना घाइते

जनकपुरधाम, २६ पुस। धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर झडप हुँदा ८ जना घाइते भएका छन् । मिथिला नगरपालिका-२ स्थित सुकजोरस्थित सन्त रामपाल आश्रमअगाडि झडप भएको हो ।

झडपमा घाइते हुनेहरू स्थानीय रहेको प्रहरीको भनाइ छ । स्थिति नियन्त्रणमा लिन १६ सेल अश्रुग्यास प्रहार गरिएको छ । नेपाल प्रहरीले ७ र सशस्त्र प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता एवम् डीएसपी गणेश बमले जानकारी दिए ।

स्थानीयहरूले जनकपुर ढल्के सडक पनि अवरुद्ध गरेका छन् । सखुबा महेन्द्रनगरस्थित औरही पुलमा स्थानीयहरूले एक एम्बुलेन्समा तोडफोड समेत गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस