देउवा समक्ष कांग्रेस विशेष महाधिवेशनको निम्तो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २६, शनिबार (१ महिना अघि)
  • ३ पटक पढिएको
देउवा समक्ष कांग्रेस विशेष महाधिवेशनको निम्तो

काठमाडौं, २६ पुस। नेपाली कांगेसको दोस्रो महाधिवेशन आयोजक समितिले सभापति शेरबहादुर देउवालाई सहभागिताको निम्तो बुझाएको छ ।

दोस्रो विशेष महाधिवेशन आयोजकहरूको तर्फबाट देउवालाई प्रमुख आतिथ्यता ग्रहणको निम्तो दिइएको हो । व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यद्वारा हस्ताक्षतिर पत्र देउवालाई बुझाइएको छ ।

‘बदलिएको राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस पार्टीलाई नयाँ ऊर्जा, एकता र रुपान्तरणसहित अघि बढाउन नेपालको लोकतान्त्रिक इतिहास, मूल्य र परम्परासँग जोडिएको नेपाली कांग्रेसको दोस्रो ऐतिहासिक विशेष महाधिवशेन आयोजना हुन गइरहेको व्यहोरा अनुरोध छ,’ पत्रमा भनिएको छ,‘ बदलिएको समयको कांग्रेसका लागि, बदल्न पर्ने देशको लागि’ भन्ने मूल मर्मका साथ हुन गइरहेको विशेष महाधिवेशनको समुद्घाटन समारोह निम्न मिति स्थान र समयमा हुने हुँदा उक्त समारोहको समुद्घाटन र गरिमामय प्रमुख आतिथ्यताका लागि हार्दिक अनुरोध गर्दै सादर आमन्त्रण गर्दछौं ।

ताजा अपडेट

खोजी गर्नुहोस