उज्यालो नेपालको तयारी : कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २६, शनिबार (१ महिना अघि)
  • ५ पटक पढिएको
उज्यालो नेपालको तयारी : कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने

काठमाडौं, २६ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग पार्टी एकतामा कुरा नमिलेपछि उज्यालो नेपाल पार्टीले केहीबेरमा पत्रकार सम्मेलन गर्ने भएको छ ।  विगतमा गरेको सहमति कार्यान्वयन र पूरक सम्झौताबाट रास्वपा पछि हटेपछि दुई पार्टीबिचको सहकार्य टुङ्गिएको दुवै पक्षले जनाएका छन् । 

सहकार्य टुङ्गिएपछि रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको छ भने उनेपाको पनि आकस्मिक केन्द्रीय कमिटी बैठक बसिरहेको उनेपाका नेता गणेश घिसिङले जानकारी दिए । उनका अनुसार जारी केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष घोषणा गर्ने छ । उक्त निर्णयसहित कुलमानले साढे पाँच बजे पार्टी कार्यालय त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । 

‘रास्वपाले धोका दियो । त्यसैले सहकार्य गर्न सकिएन’, कुलमान निकट गणेश घिसिङले भने,‘संविधान मान्छु भन्ने तर संविधानको स्पिरिटअनुसार चल्न नखोज्ने देखियो ।’ स्रोतका अनुसार रास्वपाले धर्मनिरपेक्षता, समावेशितालगायतका आधारभूत सैद्धान्तिक विषयमा रास्वपाले विमति जनाएको छ । तर रास्वपा पक्षले भने कुलमान र उज्यालो नेपाल पक्षले हैसियतभन्दा ज्यादा भागबन्डा खोजेको र नेतृत्वमा समेत अतिरिक्त दाबी नछोडेको जनाएको छ । 

गत पुस १४ गते रास्वपा र उज्यालो नेपालबिच एकता गर्ने सहमति भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस