विशेष महाधिवेशनको बन्दसत्र प्रारम्भ, खड्काले गर्ने अध्यक्षता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २८, सोमबार (१ महिना अघि)
  • ४ पटक पढिएको
विशेष महाधिवेशनको बन्दसत्र प्रारम्भ, खड्काले गर्ने अध्यक्षता

काठमाडौं, २८ पुस। नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र श्यामकुमार खड्काको अध्यक्षतामा हुने भएको छ ।

भृकुटीमण्डपमा केही बेरमा सुरु हुने बन्दसत्रको अध्यक्षता ८८ वर्षीय प्रतिनिधि गर्नले गर्ने प्रचारप्रसार समिति संयोजक सुवास पोखरेलले बताए ।

महाधिवेशनमा महामन्त्रीहरूको दुई वटा प्रस्ताव पेस हुने उनले बताए । प्रतिवेदनमा समसामयिक राजनीतिको समीक्षा, विधानको परिमार्जन, संरचनागत सुधारको विषयमा पनि महाधिवेशनले निर्णय गर्ने बताए ।

छलफलका लागि ९ समूह विभाजन गरिएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस