ट्रम्पको दाबी, म भेनेजुएलाको कार्यवाहक राष्ट्रपति

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २८, सोमबार (१ महिना अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

काठमाडौं, २८ पुस। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफैँलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्बिरमा उनी ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ भएको दाबी गरिएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादूरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई अमेरिकाले पक्राउ गरेपछि तीव्र अन्तर्राष्ट्रिय विवादको बीचमा ट्रम्पले यो दाबी गरेका हुन् ।

ट्रुथ सोसलमा ट्रम्पले प्रकाशित गरेको पोस्ट विकिपिडियाको आधिकारिक पृष्ठमा समेत प्रकाशित गरेका छन् । जहाँ उनको आधिकारिक तस्बिर प्रयोग गरिएको छ। ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ का रूपमा ट्रम्पलाई उल्लेख गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस