कांग्रेसले पहिलोपटक प्राइमरी मतदान सुरु गर्ने तयारी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २८, सोमबार (१ महिना अघि)
  • ३ पटक पढिएको
कांग्रेसले पहिलोपटक प्राइमरी मतदान सुरु गर्ने तयारी

काठमाडौं, २८ पुस। नेपाली कांग्रेसमा पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था हुने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा पेश राजनीतिक प्रस्तावमा पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा (प्राइमरी निर्वाचन)को व्यवस्था गरिने उल्लेख छ ।

‘पार्टीभित्र सम्बन्धित तहका सदस्यबाट आन्तरिक प्रतिष्पर्धा (प्राइमरी निर्वाचन) को व्यवस्था गरी सबैभन्दा बढी मत ल्याउने महिलासहित तीनजना व्यक्तिमध्यबाट सम्बन्धित तहमा उम्मेदवार बनाउने प्रणाली लागू गरिने छ,’ महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा लेखिएको छ, ‘यसका लागि डिजिटल उम्मेदवार मूल्यांकन तथा सिफारिस प्रणालीले सबै इच्छुकलाई समान अवसर दिँदै योग्यता, क्षमता, इमानदारी र संगठनगत योगदानका आधारमा उम्मेदवार छनोट गर्ने सुनिश्चित गर्दछ ।’

प्राइमरी निर्वाचनको व्यवस्थाले पार्टीभित्र आन्तरिक लोकतन्त्र मजबुत बनाउने, विवाद घटाउने र पार्टीप्रतिको जनविश्वास बढाउने महामन्त्रीको विश्वास छ ।

ताजा अपडेट

खोजी गर्नुहोस