४ सय बोरा युरिया मल बालाजुबाट बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २८, सोमबार (१ महिना अघि)
  • २ पटक पढिएको
४ सय बोरा युरिया मल बालाजुबाट बरामद

काठमाडौं, २८ पुस। काठमाडौँको बालाजुबाट प्रहरीले ४ सय बोरा युरिया मल बरामद गरेको छ । काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु पुलबाट ४ सय बोरा युरिया बरामद गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।

भन्सार छलेर ल्याएको मल र ६० बोरा मकै पनि प्रहरीले बरामद गरेको छ । सो सामान ल्याउने ना.६ ख ७०११ नम्बरको ट्रक चालक रौतहट वृन्दावन नगरपालिका–६ घर भएका २५ वर्षीय राजकुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चालकसहित भन्सार छलीको सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस