६ जुवाडे कपिलवस्तु रेस्टुरेन्टबाट पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २८, सोमबार (१ महिना अघि)
  • ३ पटक पढिएको
६ जुवाडे कपिलवस्तु रेस्टुरेन्टबाट पक्राउ

कपिलवस्तु, २८ पुस। कपिलवस्तुको वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एन्ड रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहित ६ जना पक्राउ परेका छन्। 

इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको विशेष टोलीले आइतबार साँझ उनीहरूलाई जुवाको खालबाटै नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा रेस्टुरेन्ट सञ्चालक ३५ वर्षीय दिनेश थारु र अन्य ५ जना रहेका छन्।

प्रहरीले जुवाको खालबाट नगद २ लाख ५६ हजार २ सय ९० रुपैयाँ र ३ बुक तास समेत बरामद गरेको छ। विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई रङ्गेहात फेला पारेको हो। 

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालयमा राखेर थप कानुनी कारबाही र आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस