अज्ञात रकमसहित दुईजना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २८, सोमबार (१ महिना अघि)
  • ३ पटक पढिएको
अज्ञात रकमसहित दुईजना पक्राउ

सर्लाही, २८ पुस। मलंगवा नगरपालिका-९ निमगासीस्थित सडकबाट स्रोत नखुलेको नगद सहित दुईजना पक्राउ परेका छन्। ५ लाख ५० हजार रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा कौडेना गाउँपालिका-७ सक्रौल बस्ने २३ वर्षीय अर्जुन बरही र ४६ वर्षीय सञ्जय साह रहेका छन्। प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एसी २६०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस