बारामा ठूलो परिमाणको लागुऔषध गाँजा बरामद, एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २९, मंगलबार (१ महिना अघि)
  • २ पटक पढिएको
बारामा ठूलो परिमाणको लागुऔषध गाँजा बरामद, एक जना पक्राउ

 बारा, २९ पुस। जिल्ला प्रहरी बाराले ठुलो मात्रामा लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं १८ बडर्वा स्थित पिलुवा कलैया भित्री सडक खण्डमा मनहरी बाट कलैया तर्फ आउँदै गरेको बिएसी २३४३ नम्बरको नेपाली योद्धा पिकअप गाडी लाई चेकजाँच गर्ने क्रममा २० पोकामा २०३ किलो ८५० ग्राम लागुऔषध गाँजा बरामद गरेको थियो।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नं ६ बस्ने २४ वर्षिय निशान बहादुर सुन्चुरी रहेका छन्। उनलाई प्रहरी चौकी जैतापुर र अस्थायी ट्राफिक प्रहरी पोष्ट पिलुवाबाट खटेको प्रहरीको संयुक्त टोलीले गाँजासहित पक्राउ गरेको थियो।

लागु औषध गाँजा र पिकअप सहित पक्राउ परेका चालक सुन्चुरीलाई थप अनुसन्धानको लागि तालुक इलाका प्रहरी कार्यालय सिमरामा पठाईएको छ भने पिक अप गाडि सिमरा बारामा राख्ने ठाउँको अवाभले गर्दा प्रहरी चौकी जैतापुरमा नै राखिएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस