उपेन्द्र र महन्थद्वारा निर्वाचन आयोगमा पार्टी विवरण अद्यावधिकको निवेदन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ३०, बुधबार (१ महिना अघि)
  • २ पटक पढिएको
उपेन्द्र र महन्थद्वारा निर्वाचन आयोगमा पार्टी विवरण अद्यावधिकको निवेदन

काठमाडौं, ३० पुस। जनता समाजवादी पार्टी (नेपाल)ले पार्टीको विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी एक भएका छन् । त्यसपछि जसपाले विवरण अद्यावधिकका लागि आयोगमा निवेदन दिएका हुन् ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले निवेदन प्राप्त भएको जानकारी दिएको छ ।

गत आइतबार मात्रै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच एकीकरण सम्झौता भएको थियो । एकीकरणपछि पार्टीको नाम जसपा नेपाल नै राखिएको छ । पार्टीको चुनाव चिह्न छाता राखिएको छ ।

नवगठित पार्टीको संरक्षकमा महन्थ ठाकुर र अध्यक्षमा उपेन्द्र यादव रहेका छन् ।

दुई पार्टी एक भएपछि लोसपाले समानुपातिकतर्फ दिएको उम्मेदवारी फिर्ता लिएको छ । लोसपाका नेताहरूलाई उम्मेदवारी फिर्ता लिन लगाएर जसपाको समानुपातिक सूचीमा राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस