आयरल्यान्डसँग पहिलो वार्म–अप खेलमा नेपाल पराजित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ३०, बुधबार (१ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

काठमाडौं, ३० पुस। आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अघिको वार्म अप खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ ।

नेपाल बलियो टोली आयरल्यान्डसँग ९९ उनले पराजित भएको हो । आयरल्यान्डले दिएको २०१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०१ रनमा अल आउट भयो ।

नेपालका लागि कविता जोशीले सर्वाधिक २८ तथा बिन्दु रावलले २५ रन बनाइन् । कप्तान इन्दु बर्माले १२ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २०० रन बनाएको थियो । कप्तान गेबी लेविसले ३८ बलमा ७७ रनको विस्फोटक इनिङ खेलेर रिटायर आउट भइन् ।

त्यस्तै, ओर्ला पेन्डरगास्टले २९ बलमा ६२ रनको आक्रमक पारी खेलिन् । उनी पनि रिटायर आउट भइन् । लिया पलले २१ रन बनाइन् ।

नेपालका लागि रुबिना क्षेत्रीले २ तथा रिया शर्माले १ विकेट लिए ।

यो खेलको कुनै अन्तराष्ट्रिय वा टी-२० मान्यता भने हुने छैन । नेपालले अब शुक्रबार अमेरिकासँग दोस्रो वार्मअप खेल खेल्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस