कञ्चनपुरको इँटा उद्योगमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २१, सोमबार (६ दिन अघि)
  • ५८ पटक पढिएको
कञ्चनपुरको इँटा उद्योगमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं, २१ वैशाख। कञ्चनपुरमा इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् ।

पुनर्वास नगरपालिका–७ ‘च गाउँ’को न्यू इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) प्रेमबहादुर शाहीले गएराति इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा भारतको उत्तरप्रदेश, बहराइच जिल्ला बस्ने २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमारको मृत्यु भएको बताए ।

उनकाअनुसार घाइते अवस्थामा उपचारका लागि धनगढी ल्याइएका उनीहरू मध्ये अजयको सेती प्रादेशिक अस्पताल र पवनको नवजीवन अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, ११ वर्षीया घुर्रा कुमार गम्भीर घाइते छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

एसपी शाहीकाअनुसार उनीहरूलाई काँचो इँटामा पानी सिँचाइ गर्ने क्रममा से १ त ८८७६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । घटनापछि चालक फरार छन् । उनको परिचय खुलेको छैन् । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस