बागलुङ बसपार्कमा ग्याङ फाइट, युवतीसहित ६ जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २७, आईतबार (१ घण्टा अघि)
  • ३१ पटक पढिएको
बागलुङ बसपार्कमा ग्याङ फाइट, युवतीसहित ६ जना पक्राउ

पोखरा, २७ वैशाख। पोखराको बागलुङ बसपार्कमा गत वैशाख २२ गते राति भएको ग्याङ फाइटमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जालमा उक्त झै-झगडाको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरको टोलीले अनुसन्धान सुरु गरेको थियो।

प्रहरीले खोजतलासका क्रममा वैशाख २६ गते पोखराका विभिन्न स्थानबाट एक महिलासहित ६ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा पोखरा-१३ बाझपाटन बस्ने २७ वर्षीय सुजन आले मगर, २३ वर्षीय राजेश परियार र गोरखा घर भई सोही ठाउँ बस्ने ३० वर्षीय ‘दिपेश’ भनिने दिलेराम गुरुङ रहेका छन्। यस्तै, बागलुङ बसपार्क क्षेत्रमा बस्ने १८ वर्षीय सुजन तामाङ, २५ वर्षीय राजकुमार तामाङ र २० वर्षीया लिजा पुनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त समूहबिच झै-झगडा हुनुको मुख्य कारण लागुऔषध कारोबार रहेको खुलेको छ। उक्त घटनाका सम्बन्धमा पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरी बहादुर वस्नेतले जानकारी दिए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस