उपत्यकामा ९ महिनामा ४ हजारभन्दा बढी सवारी दुर्घटना, १७४ को मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २७, आईतबार (१ घण्टा अघि)
  • ३६ पटक पढिएको
उपत्यकामा ९ महिनामा ४ हजारभन्दा बढी सवारी दुर्घटना, १७४ को मृत्यु

काठमाडौं, २७ वैशाख। काठमाडौं उपत्यकामा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ४ हजार ६३१ सवारी दुर्घटना भएका छन् ।

जसमा १७४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जानकारी दिएको छ । गत साउनदेखि चैत समान्तसम्म भएको उक्त दुर्घटनामा १८६ जना गम्भीर घाइते भएका छन् ।

त्यसैगरी ४ हजार ९२७ जना सामान्य घाइते भएको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख तथा एसएसपी नवराज अधिकारीले बताए ।

दुर्घटनामा मृत्यु हुनेमध्ये ७ जना १६ वर्ष मुनिका रहेका छन् । १६ देखि ३५ वर्ष उमेरसम्मका ८६ जना र ३६ वर्ष माथिका ८१ जना रहेको ट्राफिकले बताएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस