बीआइटीको पहल : एसइई दिएका विद्यार्थीलाई नि:शुल्क कम्प्युटर कक्षा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १०, बिहिबार (३ घण्टा अघि)
  • ४४ पटक पढिएको
बीआइटीको पहल : एसइई दिएका विद्यार्थीलाई नि:शुल्क कम्प्युटर कक्षा

वीरगञ्ज, १० वैशाख। वीरगञ्ज इन्स्टिच्युट अफ टेक्नोलोजी (बीआइटी) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै नि:शुल्क कम्प्युटर कक्षा सञ्चालन गर्ने भएको छ।

संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार, एसइई पछि कम्प्युटर सीप सिक्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै उक्त कक्षा सञ्चालन गर्न लागिएको हो ।

कक्षामा एमएस अफिस, ग्राफिक डिजाइन, इन्टरनेट प्रयोग तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आधारभूत ज्ञान प्रदान गरिने जनाइएको छ ।

बीआइटीका अनुसार कक्षामा सहभागी हुन चाहने विद्यार्थीका लागि सिट सीमित रहेकोले इच्छुकले छिटो आवेदन दिनुपर्नेछ । नि:शुल्क कक्षा भए पनि व्यवस्थापन खर्च स्वरूप ५०० रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।

विद्यार्थीहरूले उपलब्ध गराइएको अनलाइन फारममार्फत आवेदन दिन सक्नेछन् । साथै, थप जानकारीका लागि ९८५५०२०६९९ र ९८०२५२०१०० नम्बरमा सम्पर्क गर्न सकिने संस्थाले जनाएको छ ।

एसइई परीक्षा पश्चात् सीपमूलक शिक्षामा जोड दिँदै युवाहरूलाई प्रविधिमैत्री बनाउने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको बीआइटीले उल्लेख गरेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस