स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १०, बिहिबार (१ घण्टा अघि)
  • ५६ पटक पढिएको
स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ घाइते

काठमाडौं, १० वैशाख। प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।

भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा २१ जना घाइते भएका छन्, जसमा ५ जना बालबालिका छन् । तीमध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

जिप सडकबाट करिब २५–३० मिटर तल खसेको थियो । घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारका लागि लगिएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस