विद्यालयमा भईरहेको अन्याय र अत्याचारलाई हटाउनका निम्ति मेरो उम्मेदवारीः भुपेन्द्र जैसवाल

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ भाद्र ५, बुधबार (१ साल अघि)
  • ५४ पटक पढिएको
विद्यालयमा भईरहेको अन्याय र अत्याचारलाई हटाउनका निम्ति मेरो उम्मेदवारीः भुपेन्द्र जैसवाल

// बिमलेश कुमार झा //

रौतहट,०५ भदौ। रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ६ स्थित श्री माध्यमिक विद्यालय पथरा बुधराममा हुन लागेको विद्यालय व्यवस्थापन समितिको सदस्य पदको उम्मेदवार भुपेन्द्र जैसवालले विद्यालयमा भइरहेको अन्याय र अत्याचारलाई हटाउन मेरो उम्मेदवारी रहेको बताएका छन्।

बुधबार आफ्नो निवासमा पत्रकारसँग कुराकानी गर्दै आसन्न भदौ ७ गते शुक्रबारका दिन हुन लागेको व्यवस्थापन समितिका सदस्य पदका लागि उम्मेदवारी दिएका जैसवालले विगत देखि विद्यालयमा भइरहेको चरम राजनीतिकलाई हटाउन,कक्षा १ देखि ५ सम्मको पठनपाठन अङ्ग्रेजी माध्यम बनाउन, लथालिङ्ग अवस्थामा रहेको ऐतिहासिक महाकार पोखरालाई सौन्दर्यकरणा गर्न,आर्थिक पारदर्शिता गर्न र शैक्षिक गुणस्तरलाई ग्यारेन्टी गर्न म लगायत मेरो प्यानलको उम्मेदवारी रहेको बताएका छन्।

सामाजिक क्षेत्रमा क्रियाशील रहेका जैसवाल सो विद्यालयका पूर्व विद्यार्थी पनि हुन्। उनका अनुसार विकासको प्रमुख औजार शिक्षा हो । औपचारिक शिक्षा प्राप्त गर्ने थलो विद्यालय हो । विद्यालय विद्यार्थीले पढ्ने र शिक्षकले पढाउने वैधानिक संस्था हो । यो शान्तिक्षेत्र हुनु पर्छ भन्ने एक विश्वव्यापी मान्यता हो । तर यहाँ विद्यालय राजनीति क्षेत्रको रूपमा प्रयोग भएको देखिन्छ ।

उनले आफू लगायत हाम्रो सम्पूर्ण प्यानल रिकेश्वर यादव,सिमा देवी,सीता कुमारी देवीलाई पंखा छापमा मतदान गरि आफ्नो छोराछोरीको भविष्यलाई अन्धकारबाट जोगाउन सम्पूर्ण अभिभावकसँग आग्रह गरेका छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस