राष्ट्रपति पौडेलको राष्ट्रका नाममा सम्बोधन आज साढे ३ बजे

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २२, सोमबार (१ घण्टा अघि)
  • ३० पटक पढिएको
राष्ट्रपति पौडेलको राष्ट्रका नाममा सम्बोधन आज साढे ३ बजे

काठमाडौं, २२ भदौ। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र पुगेर आएपछि उनले सम्बोधन गर्न लागेका हुन् ।  उनले नेपाल टेलिभिजन मार्फत सम्बोधन गर्नेछन् ।

राष्ट्रपति पौडेल आजै बाढी पहिरो गएको क्षेत्रमा गएर  अवलोकन गरेका थिए ।

त्यहाँ उनले भएको क्षति र मानवीय संकट लगायतका विषयमा नेपाली सेना र अन्य अधिकारीहरूसँग जानकारी लिएका थिए ।

भदौ १० गते गएको बाढी पहिरोका कारण  रसुवा,नुवाकोट र धादिङमा धेरै ठूलो जनधनको क्षति भएको थियो ।

उक्त घटनामा परि हालसम्म  १ हजार ३ सय ५५ जनाको  मृत्यु भइसकेको छ । ४ हजार ९ सय ९६ जना  अझै बेपत्ता छन् ।  जलविद्युत आयोजनामा अझै धेरै जना हराइरहेका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस