सर्वदलीय संयन्त्र गठनको माग गर्दै कांग्रेसले गरायो सभामुखको ध्यानाकर्षण

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३०, मंगलबार (३२ मिनेट अघि)
  • ३८ पटक पढिएको
सर्वदलीय संयन्त्र गठनको माग गर्दै कांग्रेसले गरायो सभामुखको ध्यानाकर्षण

काठमाडौं, ३० भदौ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् ।

बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् ।

सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि भेटवार्ताको समय तय भएको कांग्रेस दलका नेता आङ्देम्बेको सचिवालयले जनाएको छ ।

भेटमा बाढीपछि उद्धार, राहत र पुनःस्थापनबारे उच्चस्तरीय संसदीय समिति गठनलगायतबारे सभामुखको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको बताएको छ ।

रसुवामा विनाशकारी बाढी गएको भोलिपल्टै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्पछिको उद्धार, राहत र पुनस्र्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउन प्रस्ताव गरेका थिए ।

तर, २० दिन बितिसक्दा पनि उक्त संयन्त्र गठन हुन सकेको छैन । आङ्देम्बेको सचिवालयले सभामुख अर्यालसँगको भेटका क्रममा संसद्मा प्रधनमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिने बारे पनि ध्यानाकर्षण गराइने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस