सुनका गहना चोरी गरेको आरोप, एक जना प्रहरी नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३१, बुधबार (३८ मिनेट अघि)
  • ३६ पटक पढिएको
सुनका गहना चोरी गरेको आरोप, एक जना प्रहरी नियन्त्रणमा

काठमाडौं, ३१ भदौ। सुनका गरगहना चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका-१ घर भएका २३ वर्षीय दीपेश मग्रान्ती छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

२९ भदौमा काठमाडौंको एक घरबाट उनले गरगहना चोरी गरेका थिए । त्यसपछि अनुसन्धानमा खटिएको टोलीले २९ भदौकै साँझ उनलाई पक्राउ गरेको हो ।

उनीबाट १३८ ग्रााम बराबरका सुनका गरगहना बरामद भएको छ ।

 

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस