ग्यास बोकेको ट्रकको ठक्करले वीरगञ्ज–पथलैया सडकमा दुई जनाको ज्यान गयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३१, बुधबार (५१ मिनेट अघि)
  • ३५ पटक पढिएको
ग्यास बोकेको ट्रकको ठक्करले वीरगञ्ज–पथलैया सडकमा दुई जनाको ज्यान गयो

वीरगञ्ज, ३१ भदौ। बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित वीरगञ्ज–पथलैया सडकखण्डमा ग्यास बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मंगलबार राति करिब साढे ८ बजे ना.३ ख ५६१० नम्बरको ग्यास बोकेको ट्रकले ना.४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार पर्साको वीरगञ्ज महानगरपालिका–१५ नगवाका ३५ वर्षीय रवीन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका–७ का ३० वर्षीय दिलिप चौधरी गम्भीर घाइते भएका थिए ।

दुर्घटनालगत्तै उद्धार गरी दुवै जनालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्‍याएपछि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए ।

प्रहरीले दुर्घटनामा संलग्न ट्रकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस