हनी ट्रयापमार्फत रकम असुली गरेको आरोपमा महिला पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १३, मंगलबार (१३ घण्टा अघि)
  • ४९ पटक पढिएको
हनी ट्रयापमार्फत रकम असुली गरेको आरोपमा महिला पक्राउ

बाँके,१३ असोज। हनी ट्रयापमा पारेर आपराधिक लाभ उठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

रामेछापको गोकुलगंगा गाउँपालिका-०२ घर भई हाल काठमाडौँको सुकेधारामा बस्दै आएकी ३० वर्षीया सविता श्रेष्ठ पक्राउ परेकी हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले गत असोज ५ गते नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार श्रेष्ठले वि.सं. २०८१ देखि बाँकेको बैजनाथ गाउँपालिका-०२ बस्ने ३२ वर्षीय एक पुरुषलाई ब्ल्याकमेलिङ गर्दै आएकी थिइन्। पूर्वयोजना अनुसार ती पुरुषलाई मायाप्रेम र शारीरिक सम्बन्धको जालमा पारेर पछि विभिन्न मुद्दामा फसाइदिने धम्की दिँदै उनले पटक-पटक नगद तथा जिन्सी सामान असुल गरेकी थिइन्।

आपराधिक लाभ लिएर फरार रहेकी उनलाई काठमाडौँबाट पक्राउ गरी प्रहरीले हिरासतमा राखेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस