वर्तमानकाल समाचारदाता । बैशाख ०६ गते
स्पष्टीकरणको जवाफ मेयर कुश्वाहाकै शब्दमा यस्तो छ
ूम कटहरिया नगरपालिकाको नगरप्रमुख सियाराम कुशवाहा,
लोकतन्त्र एवं संबिधानको मर्म विपरीत आज नेकपा९माओवादी केंद्र०द्वारा कथित स्पष्टीकरणको नाउमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई आतंकित पार्ने दुस्प्रयास गरिएकोछ ।
आज २१ औ शताब्दीको लोकतांत्रिक युगमा पनि यो त्रासपूर्ण राजनीतिकको अभ्यास दुःखद हो ।
म बती निभाएर , मतपत्र च्यातेर अन्य पार्टीसंग तालमेल गरेर चुनाव जितेको विजेता होईन। म जनताको अपार मतबाट निर्वाचित नगरप्रमुख हो । आज लोकतन्त्र विरोधीहरूले कथित स्पष्टीकरणको नाममा हामीलाई तर्साऊन खोजनु लोकतांत्रिक आस्थामाथीका अपमानको रूपमा बुझिनछ।
न हिजो म कुनै तानाशाह संग डरेको थिए , न आज यि कायर एवं ग़द्दारहरू संग डरनेछु । काग़ज़ी बाघहरूलाई च्यातेर मात्र सत्यको जीत भएकोछ । अतः कथित स्पष्टीकरण रूपी कागजी बाघलाई च्यात्नु नै क्रांतिकारी योद्धाको कर्तव्य ठानदछु ।ू