स्मिथ रजक । रौतहट । १५ बैशाख
रौतहटको सदरमुकाम गौर स्थितिका कर्नर भएका दुई चौकमा कन्भेक्स मिरर ट्राफिक प्रहरी कार्यालय गौरले जडान गरेको छ।
गौर नगरपालिकाको आर्थिक सहयोगमा बजारको ॐ शान्ति चौक र गौर अस्पताल मोडमा एक एक वट्टा कन्भेक्स ऐना जडान गरिएको ट्राफिक प्रहरी कार्यालय गौरका स।ई।सुरेन्द्र प्रसाद कोइरालाले बताए।
मोड भएका चौक स्थित कन्भेक्स मिरर जडानले शहरीकरण आवागमनलाई व्यवस्थापन एवं दुर्घटना न्यूनीकरणमा टेवा पुर्याउछन् प्रहरी नायव उपरीक्षक सुरेन्द्र प्रसाद कोइरालाले जानकारी गराए।
कर्नेल भएर आउने सवारी साधनहरुको चालकहरुले विपरीत दिशातिर बाट आउने गाडीहरु कन्भेक्स मिरर देखिने बित्तिकै सवारी नियन्त्रण गराउने राम्रो सङ्ग भुमिका खेलेको हुन्छ कोइरालाले बताएका छन् ।
यो मिररमा विपरीत दिशातिर बाट आइरहेको गाडी,पैदलमार्ग यात्रा ,सडक पेट्टी स्थितिका घर ईत्यादीका प्रतिविम्बित तस्वीर देखाएर शहरी आवागमन व्यवस्थापन र शहरी अपरझट दुर्घटना हुनबाट बन्चित गराउने मुख्य उदेश्य बोकेको हुनाले कुनै प्रकारको सवारी साधनका चालकहरू शीत अनुरोध गर्दै भने यो ऐनामा अवश्य एक पल्ट आआफ्नो आँखा जुधाउनु होला ट्राफिक प्रहरी कार्यालय गौरका स।ई।सुरेन्द्र प्रसाद कोइरालाले जानकारी दिए।
यो कन्भेक्स मिररको प्रभावकारीता बढ्दो गएपछी अर्को आवश्यकता पर्ने अर्थात जोखिम युक्त कर्नरमा थप मिरर गौर नगरपालिका सङ्ग समन्वय सहकार्य गरेर मोड ऐना जडान गराउने प्रतिबद्धता समेत व्यक्त गरे।