रौशन चौधरी ३१ गते वैशाख, रौतहट
आज मुस्लिम धर्मावलम्बीको पवित्र पर्व इदुलफित्र अर्थात इद । रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुसलमान समुदायले एकअर्कामा शुभकामना साटासाट गरी यो पर्व मनाउँछन् । सामान्य अवस्था हुन्थ्यो भने काठमाडौं दरबारमार्गको काश्मिरी मस्जिदमा मुसलमान समुदायको भिड लाग्थ्यो । तर शुक्रबार यो मस्जिद खाली छ । केही मौलानाबाहेक मस्जिदमा कोही गएनन् । निषेधाज्ञा र कोरोना भाइरस महामारीको समयमा आपसमा दूरी कायम गर्नुपर्ने भएकाले मस्जिदमा भेला हुन रोक लगाइएको छ ।