रसुवा बाढीका घाइतेको उपचारका लागि एपीएफ अस्पतालमा बेड खाली

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १०, बुधबार (५९ मिनेट अघि)
  • ३७ पटक पढिएको
रसुवा बाढीका घाइतेको उपचारका लागि एपीएफ अस्पतालमा बेड खाली

काठमाडौ, १० भदौ। रसुवा बाढी प्रभावितका घाइतेलाई उपचार गराउन एपीएफ अस्पतालमा पनि बेड खाली गराइएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बेडहरू खाली गरेर तयारी अवस्थामा राखिएको बताए ।

त्यसैगरी बाढीमा परेका गम्भीर घाइतेहरुको तत्काल प्राथमिक उपचार गर्ने काम भइरहेको बताइएको छ ।

आपतकालीन सडक उद्धारका लागि मास क्याजल्टी भेइकलसहितको चिकित्सा तथा उद्धार टोली पनि बाढी प्रभावित क्षेत्रमा पठाइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस