रसुवा बाढी : ७ जनाको शव फेला, अन्यको खोजी जारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १०, बुधबार (४५ मिनेट अघि)
  • ४६ पटक पढिएको
रसुवा बाढी : ७ जनाको शव फेला, अन्यको खोजी जारी

काठमाडौ, १० भदौ। रसुवाको भोटेकोशीमा आएको बाढीमा अहिलेसम्म ७ जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङमा ७ जनाको शव फेला परेको हो।

उनले भने, ‘अहिलेसम्म ७ वटा शव फेला परेको छ।’ नुवाकोटको नदी किनारमा ३ र धादिङमा ४ जनाको शव फेला परेको छ।

उनले अहिले घाइतेहरूको उद्धार र फेला परेकाहरूको शव संकलनको काम भइरहेको बताए। त्यस्तै उनले मानिसहरू बेपत्ता भएको सूचना आएरहेको र खोजीकार्य पनि जारी रहेको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस