दिपेन्द्र जयसवाल,बारा जेठ १५
नेपाल रेडक्रस सोसाइटी पर्साले जिल्ला प्रशासन कार्यालय बारालाई कोभिड(१९ रोगबाट बच्न बचाउनका लागि स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी प्रदेश न २ का अध्यक्ष फुलमहम्मद मियाद्वारा पर्साका सभापति बिरेन्द्र राज कन्डेललाइ सर्जिकल मास्क २८०००, एन ९५ मास्क १५००, ब्यक्तिगत सुरक्षा सामाग्री९पि।पि।इ० ३५ सेट जिल्ला कार्यालयमा एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ ।
त्यसै गरि बारा जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई १० हजार सर्जिकल मास्क र ५० सेट ब्यक्तिगत सुरक्षा सामाग्री९पि।पि।इ० त्यसै गरि बारा रेडक्रसलाइ २३ हजार सर्जिकल मास्क, १ हजार एन९५ मास्क र १५ सेट ब्यक्तिगत सुरक्षा सामाग्री हस्तान्तरण गरिएको कुरा पर्सा रेडक्रसमा सहायक राजन श्रीवास्तवले जानकारी गराएका छन् । प्रदेश अध्यक्ष फुलमहम्मद मियाले कोरोना महामारी रोग अहिले अवस्थामा पहिलो लहर भन्दा बढी घातक रहेकोले रेडक्रस प्रदेश कार्यालयले २ नम्बर प्रदेश भरिका जिल्लाहरु सङ नियमित समन्वय गरि जिल्लालाइ सक्दो सहयोग उपलब्ध गराउने कुरा हस्तान्तरण कार्यक्रममा सहभागीलाई जानकारी दिनु भयो । बाराका प्रजिअ सुरेन्द्र पौडेलले ७७ जिल्ला मै मानवीय सेवा कार्यमा अग्रसर रहेका रेडक्रसले विभिन्न समयमा विभिन्न सेवा मूलक कार्यक्रमहरु गर्नुका साथै यस महामारीको समयमा समेत उल्लेखनीय सहयोग गरेको कुरा निकै स्रहानिय रहेको कुरा व्यक्त गरे क्ष् बारा जिल्लाको हस्तान्तरण कार्यक्रममा प्रदेश रेडक्रसका कोषाध्यक्ष दिब्यनाथ श्रेष्ठ ,मन्त्री धिरेन्द्र यादव,सहायक प्रमुख जिल्ला अधिकारी उदय नेपाल,शैलेन्द्र प्रसाद संतोष नेपाल र पर्सा जिल्लामा अधिकृत उमेस मिश्र, बिरसमसेर कुर्मी, सुदर्शन श्रेष्ठ, राजन श्रीवास्तव, आलम हुसेन, लक्ष्मीनारायण राउत लगायतको उपस्थिति रहेको कुरा श्रीवास्तवले जानकारी गराए ।