नेपाल–माइक्रोनेसियाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध कायम

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३०, मंगलबार (१ घण्टा अघि)
  • ५४ पटक पढिएको
नेपाल–माइक्रोनेसियाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध कायम

काठमाडौं, ३० भदौ। नेपाल र माइक्रोनेसियाबीच सोमबार औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

माइक्रोनेसियासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम गरेका मुलुकको संख्या १८५ पुगेको छ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका लागि माइक्रोनेसियाका स्थायी प्रतिनिधि राजदूत जिम एस लिपवेले कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त वक्तव्यमा हस्ताक्षर भएको हो ।

द्विपक्षीय भेटवार्तामा दुवै राजदूतहरूले आपसी हितका विषयमा छलफल गर्दै द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै, संयुक्त राष्ट्रसंघलगायतका बहुपक्षीय मञ्चमा सहकार्य अभिवृद्धि गर्ने विषयमा समेत उनीहरूले जोड दिएका छन् ।

माइक्रोनेसिया पश्चिमी प्रशान्त महासागरमा अवस्थित ६०० भन्दा बढी साना टापुहरू मिलेर बनेको देश हो

यो फिलिपिन्सको पूर्व र पपुवा न्युगिनीको उत्तरतर्फ अवस्थित छ। यो देश मुख्यतया चारवटा राज्यहरू—याप, चुउक पोहनपेई र कोसरा मिलेर बनेको छ। यसको राजधानी पोहनपेई टापुमा रहेको पालिकिर हो ।

माइक्रोनेसियाको कुल जमिनको क्षेत्रफल मात्र ७०२ वर्ग किलोमिटर छ। क्षेत्रफलका आधारमा यो विश्वकै साना देशहरूमध्ये एक हो । नेपालको क्षेत्रफलसँग तुलना गर्दा यो नेपालभन्दा करिब २१० गुणा सानो छ । यहाँको कुल जनसङ्ख्या करिब १ लाख १४ हजार मात्र रहेको छ।

यो देशको रक्षा र सुरक्षाको जिम्मेवारी अमेरिकाले सम्हाल्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस