बाढीका बाबजुद राजस्व संकलन बढ्यो, लक्ष्य भने भेटिएन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १, बिहिबार (१ घण्टा अघि)
  • ४० पटक पढिएको
बाढीका बाबजुद राजस्व संकलन बढ्यो, लक्ष्य भने भेटिएन

काठमाडौं, १ असोज। १० असोजको विनासकारी बाढी र त्यसले उत्तरी नाकामा पुर्‍याएको अवरोधका बावजुद गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन–भदौ)मा कुल १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । जुन अघिल्लो आव २०८२/८३ को तुलनामा बढी हो । सो आवको भदौसम्म १ खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ राजस्व उठेको थियो । यस वर्ष भदौमा गत आवको भदाैभन्दा धेरै राजस्व संकलन भएको छ ।

भदौमा ९१ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको भदौमा ७३ अर्ब ६१ करोड राजस्व उठेको थियो । गत वर्ष भदौ अन्तिम साता जेनजी आन्दोलनका कारण राजस्व संकलन केही प्रभावित बनेको थियो । यस वर्ष भदौसम्म लक्ष्यको ८५.९३ प्रतिशत राजस्व संकलन भएको छ ।

अर्थ मन्त्रालयको तथ्यांक अनुसार भदौसम्मको कुल लक्ष्य २ खर्ब १४ अर्ब ८१ करोड हो । लक्ष्यभन्दा भने कम राजस्व संकलन भएको तथ्यांक छ । भदौ महिनामा मात्र ९६ अर्ब ८८ करोडको लक्ष्य रहेकोमा संकलन ९१ अर्ब ३८ करोड अर्थात् ९४.३३ प्रतिशत बराबर भएको छ ।

भदौ ३१ गते मत्र ५ अर्ब ५८ करोड राजस्व उठेको छ । गत आवको भदौसम्म २ खर्ब १८ अर्बको लक्ष्य राखिएकोमा १ खर्ब ५८ अर्ब रुपैयाँ मात्र उठेको थियो । यस वर्ष सरकारले कुल १५ खर्ब ८० अर्ब ३२ करोड राजस्व संकलनको लक्ष्य राखेको छ । सरकारको लक्ष्यलाई रसुवा–भोटेकोशी बाढीले असर भने गर्नेछ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस