कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा १८ वर्षीया नर्स निर्वाचित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन ४, आईतबार (१ घण्टा अघि)
  • ४४ पटक पढिएको
कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा १८ वर्षीया नर्स निर्वाचित

काठमाडौं, ०४ असोज । नेपाली कांग्रेसको वडा अधिवेशनबाट १८ वर्षीय युवती क्षेत्रीय प्रतिनिधिमा चुनिएकी छन् । कालिकोटस्थित सान्नी त्रिवेणी गाउँपालिका–१ को वडा अधिवेशनबाट नर्स पेशामा रहेकी सुनिता सुवेदी क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन् ।

कांग्रेसको शंसोधित विधानले नयाँ पुस्तालाई प्राथमिकता दिने गरी विधि बनाएको छ । स्वास्थ्य क्षेत्रमा समेत सक्रिय सुवेदी कांग्रेसको स्थानीय राजनीतिमा सक्रिय थिइन् ।

कांग्रेसको वडा अधिवेशन हिजोबाट सुरु भएको छ । शनिबार ४३ जिल्लामा र बाँकी जिल्लामा आज वडा अधिवेशन जारी छ । १५ औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस