जिप दुर्घटना हुँदा गोरखामा एक जनाको ज्यान गयो, सात घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन ४, आईतबार (३८ मिनेट अघि)
  • ४५ पटक पढिएको
जिप दुर्घटना हुँदा गोरखामा एक जनाको ज्यान गयो, सात घाइते

गोरखा, ०४ असोज । गोरखामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिपमा सवार अन्य सात जना घाइते छन् । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका वडा नम्वर २ काउलेकी ८१ बर्षीया लालमाया गुरुङ रहेकी छन् । प्रदेश अस्पताल आँपपिपलमा उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

आइतबार बिहान करिव साढे दश बजे सिरानचोक गाउँपालिकाको थालाजुङस्थित भित्रि सडकखण्डमा भच्चेकबाट चित्रेपोखरी जाँदै गरेको ग १ ज ६३८९ नम्वरको जिप सडकको नालामा खसी भित्तामा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा वडा नम्वर ७ का अन्दाजी ६८ बर्षीय कमलबहादुर घिमिरे, ४८ बर्षीया सीता पाण्डे, लोकबहादुर खड्का, ७३ बर्षीय कुलबहादुर सार्की, वडा नम्वर ६ सिम्लेका ६८ बर्षीया सिता गुरुङ, वडा नम्वर ७ डाँडागाउँ बस्ने २७ की रेजिना नेपाली र उनको २१ महिनाकी छोरी रेविका नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरूको प्रदेश अस्पताल आँपपिपलमा उपचार भइरहेको डिएसपी राजकुमार श्रेष्ठले बताए । चालक र जिप नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस