होटलमा शंकास्पद कारोबारको आशंका, ठूलो रकमसहित दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर ११, बिहिबार (११ मिनेट अघि)
  • ९ पटक पढिएको
होटलमा शंकास्पद कारोबारको आशंका, ठूलो रकमसहित दुई जना पक्राउ

काठमाडौं,१० मंसिर। स्रोत नखुलेको ठूलो परिमाणको नेपाली तथा विदेशी मुद्रासहित काठमाडौंको ठमेलबाट दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई हाल ठमेलमा बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई बिहीबार बिहान काठमाडौं महानगरपालिका–१७ स्थित स्नोलाइन होटलबाट पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूको साथबाट नेपाली ५० लाख ५० हजार रुपैयाँ, ओमानी रियाल ४ हजार २१५ र संयुक्त अरब इमिरेट्स (यूएई) का ५५ दिराम बरामद गरेको जनाएको छ।

होटलमा अवैध रूपमा रकम लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले होटलमा खानतलासी गर्ने क्रममा स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रा फेला पारेपछि दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

बरामद भएको रकमको स्रोत, त्यसको प्रयोजन तथा घटनामा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस