सर्लाही प्रहरीको कारबाही : अदालतबाट सजाय पाएका १० फरार पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर ९, मंगलबार (४३ मिनेट अघि)
  • २८ पटक पढिएको
सर्लाही प्रहरीको कारबाही : अदालतबाट सजाय पाएका १० फरार पक्राउ

सर्लाही,०८ मंसिर।  सर्लाही प्रहरीले विभिन्न आपराधिक मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका १० जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार खोजतलास अभियानका क्रममा सोमबार उनीहरूलाई पक्राउ गरी सर्लाही जिल्ला अदालतमा दाखिला गरेको जनाएको छ ।

पक्राउ परेकामध्ये बैंकिङ कसुर मुद्दाका एक जनालाई २ वर्ष कैद सजाय तोकिएका छन् भने ज्यान मार्ने उद्योग मुद्दाका पाँच जना, झैझगडा तथा कुटपिट मुद्दाका एक जना र आपराधिक उपद्रव तथा डाँका चोरी मुद्दाका एक जना रहेका छन् ।

यसैगरी सवारी ज्यान मुद्दामा एक जनालाई एक वर्ष कैद र ४ हजार रुपैयाँ जरिवानाको सजाय तोकिएका र अर्का एकजना कर्तव्य ज्यान मुद्दा फरार अभियुक्त पनि  पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूमाथि कुल ३ वर्ष कैद र २ लाख ३९ हजार रुपैयाँ जरिवानाको सजाय बाँकी रहेको थियो । पक्राउ परेकामध्ये कर्तव्य ज्यान मुद्दाका एक जना र ज्यान मार्ने उद्योग मुद्दाका एक जनालाई पुर्पक्षका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।

अन्य सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सर्लाही जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस