वर्तमानकाल दैनिक संवाददाता । रौतहट । फागुण ८ गते
नेकपा प्रचण्ड माधव पक्षका नेता एवं प्रदेश सांसद नागेन्द्र यादवले आफुले पारेको योजनालाई समुदघाटन तथा शिलान्यास गरी शहरी विकास मन्त्री प्रभु साह हिटलर बन्न खोजेको बताएका छन ।
रौतहटबाट निर्वाचित प्रदेश सांसद यादवले २०७५ सालमा आफुले पारेको रौतहटको बाल्चनपुर जंगलसैया सडक र परसवा पल्टुवा खत्वैया सडकको समुदघाटन गरी शहरी विकास मन्त्री साह जनतालाई ठग्ने काम गरेको बताएका छन ।
रौतहट क्षेत्र ३ को क बाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेश सांसद नागेन्द्र यादवले समाजिक सञ्जाल आफना फेसबुकमा स्टाटस लेख्दै ओली पक्षका नेकपाका नेता समेत रहेका मन्त्री साहले आफुले पारेको विभिन्न योजनालाई म पारेको हु भन्दै उदघाटन तथा शिलान्यास गरेकोमा कडा आपति जनाएका हुन ।
शहरी विकास मन्त्री प्रभु साहले हिजो मात्र गृह जिल्ला रौतहटको बाल्चनपुर जंगलसैया सडक र परसवा पल्टुवा खत्वैया सडकको समुदघाटन गरेका थिए भने हिजै गुजरा नदिको पुलको पनि शिलान्यास गरेका थिए ।
मन्त्री साहले उदघाटन गरेको सडकको उक्त दुवै योजना तथा शिलान्यास गरेको पुलको योजना २०७५ सालमा आफुले पारेको प्रदेश सांसद यादवको दावी छ ।
आफुले पारेको योजनालाई आफनो योजना भनी उदघाटन तथा शिलान्यास गरी मन्त्री साहले सोझा साँझा जनतालाई ठग्ने काम गरेको प्रदेश सांसद यादवले बताएका छन ।
अरुले पारेको योजनालाई उदघाटन तथा शिलान्यास गर्दा मन्त्री साहलाई लाज पनि नलागेको भन्दै उनले आफना फेसबुकमा लेखेका छन ।
प्रदेश सांसद यादवले फेसबुकमा लेखेको स्टाटस जस्ताको त्यस्तै
प्रचण्डको छत्रछायामा राजनिती सुरु गरेको प्रभु साह अन्त मन्त्री र स्वार्थका लागि प्रतिगमनको मतियार भयो,बिकासको नाममा सोझा जन्ता ठगने,मधेसी लालगदार मैले पारेको गुजारा,लमहाको पुल सिलन्यास गर्दा लाज भएन । क्षेत्र न.३ वासि न्याय प्रेमि जनसमुदाय सचेत रहनु होला।अबकी बार लालगदार प्रभु साह मुक्त क्षेत्र बन्ने छ ।
प्रचण्डको छत्रछायाँमा राजनिती सुरु गरेको प्रभु साह अन्त मन्त्री पद पाउने र आफना व्यक्तिगत स्वार्थ पुर्ति गर्नका लागि प्रतिगमनको मतियार बनेको उनले बताए ।
बिकासको नाममा सोझा साँझा जन्तालाई ठगने मन्त्री साहलाई प्रदेश सांसद यादवले मधेसी लालगदारको संज्ञा दिएका छन ।
जनतालाई भ्रमित गर्ने साहबाट सचेत रहन उनले सबै जनसमुदायलाई आग्रह पनि गरेका हुन ।
अब आउँदो निर्वाचनमा मधेशको लालगदार प्रभु साह मुक्त क्षेत्र बन्ने समेत उनले बताए ।