गुजरा नपाको सहयोगमा ५ दिने पत्रकारीता तालिम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र ३, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
गुजरा नपाको सहयोगमा ५ दिने पत्रकारीता तालिम सम्पन्न


रौशन चौधरी । रौतहट । चैत्र ०३ गते
रौतहटको गुजरा नगरपालिकाको आर्थिक सहयोग तथा पोष्टम्यान मल्टी प्रपोज कम्पनीको आयोजनामा बुधबारबाट सुरु भएको नगरभरीको पत्रकारिता तालिम आईतबार सम्पन्न भएको छ । उद्धघाटन सत्रका प्रमुख अतिथी गुजरा नगरपालिकाका प्रमुख सन्तलाल चौधरी रहनुभएको कार्यक्रममा उहा“ले नगरमा संचारकर्मीको खा“चो महसुस भएकाले आफुहरुले यो तालिमको आयोजना गरेको बताउनुभएको थियो । कार्यक्रमको अन्तिम दिन आईतबार बोल्दै गुजरा नगरपालिकाका निमित्त कार्यकारी प्रमुख बिनोद कुमार जयसवालले आफ्नो नगरले पहिलो पटक यस्तो बिषयमा लगानी गरेकाले त्यसको फलस्वरुप राम्रो पत्रकार गुजरा नगरपालिकाले पाउने आशा ब्यक्त गर्नुभयो ।पोष्टम्यान मल्टी प्रपोज कम्पनीका अध्यक्ष ओम किशोर चौधरीको अध्यक्षतामा भएको तालिममा गुजरा नगरपालिका ३० जना युवा युवतीको सहभागिता रहेको थियो । तालिमको पहिलो र दोस्रो दिन पत्रकार रामकुमार एलनले सहभागिलाई प्रशिक्षण दिनुभएको थियो भने तेस्रो दिन रौतहट पत्रकार महासंघका सचिव गौतम श्रेष्ठ तथा पुर्व अध्यक्ष प्रेमचन्द्र झाले चौथो दिन प्रशिक्षण दिनुभएको थियो । । पा”च दिन सम्म भएको तालिमबाट गुजरा नपाले आफ्ना बिभिन्न वडामा पत्रकारका लागी अवसर रहेको र पत्रकारीता क्षेत्रलाई प्रेत्साहान गर्ने लक्ष्य अनुरुप काम र बजेट बिनियोजन गरेको अधिकृत जयसवालले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस