गरुडा नपा द्वारा विद्यालयमा व्यवस्थापन समिति गठन गर्न उर्दि जारी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र ४, बुधबार (४ साल अघि)
  • ४ पटक पढिएको
गरुडा नपा द्वारा विद्यालयमा व्यवस्थापन समिति गठन गर्न उर्दि जारी


ओम प्रकाश यादव
रौतहट, चैत्र ०४ गते ।

रौतहटको गरुडा नगरपालिका भित्र संचालन रहेका सामुदायिक विद्यालयहरुमा धेरै बर्ष देखि विद्यालय व्यवस्थापन समितिको समय सिमा समाप्त भई सकेका विद्यालयहरुले चैत्र मसान्त भित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न उर्दि जारी नगरपालिकाले गरेको छ । जिल्लाको मध्यभागमा रहेको व्यवसायीक नगरी भित्र पर्ने सम्पूर्ण सामुदायिक विद्यालयहरु मध्ये केही विद्यालयहरुमा धेरै बर्ष देखि व्यवस्थापन समितिको समय सिमा समाप्त भइ सके पनि व्यवस्थापन समितिको गठन नगरी विद्यालय संचालन गरि रहेको जन गुनासो आए पछि नगरपालिकाले सूचना निकाली अबिलम्ब व्यवस्थापन समिति गठन गर्न सम्बन्धीत विद्यालयलाई सूचित गरेको छ । चैत्र मसान्त भित्र व्यवस्थापन समिति गठन गर्न नसकने विद्यालयको विकास रकम रोक्का समेत गरिने र जिम्मेवार व्यक्ति प्रधानाध्यापक हुने पत्रमा उल्लेख गरेको छ । विद्यालय व्यवस्थापन समिति गठन नहुदा विद्यालयको विकास, दिवाखाजा तथा अन्य कार्यक्रमहरु प्रभावित बन्दै गएको हुनाले नगरपालिकाले चैत्र मसान्त भित्र व्यवस्थापन समिति गठन गर्न उर्दि जारी गरको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस