तीन अभियुक्त लाई बारा प्रहरीले गर्याे सार्वजनिक

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र ५, बिहिबार (४ साल अघि)
  • ५ पटक पढिएको
तीन अभियुक्त लाई बारा प्रहरीले गर्याे सार्वजनिक


दिपेन्द्र जयसवाल,बारा चैत्र ०५ गते ।
बाराको भलुही हत्या प्रकरण का तीन अभियुक्त लाई प्रहरी ले पक्राउ गरि सार्वजनिक गरेको छ ।जिल्ला को जितपुर सिमरा उपमहानगरपालिका वडा नं.२३ भलुही टोल बस्ने बस्ने १४ वर्षीय साहिद हुसेन मियाँ को हत्या गरि फरार रहेका तीन जना लाई जिल्ला प्रहरी कार्यालय बारा ले बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । पक्राउ पर्ने मा जिल्ला को जितपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २३ भलुही टोल बस्ने २५ वर्षीय कियामुद्दिन मंसुरी, सोही स्थानका २१ वर्षीय अफसान भनिने अमर हुसेन मियाँ हजाम र १९ वर्षीय आबेदिन मियाँ अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय बारा मा प्रहरी प्रमुख दिपेन्द्र शाही ले पत्रकार सम्मेलनमा बताउनु भएको हो ।पत्रकार सम्मेलन मा बोल्दै प्रहरी प्रमुख शाही ले उनीहरुले गत फागुन ११ गते बालक मंसुरीको हत्या गरी वडा नम्बर १० बेहरा टोलस्थित खाल्टोमा पुरेका थिए। घरबाट बेपता भएका बालकको शव गत फागुन २८ गते डम्पिङ साइटमा सडीगली सकेको अवस्थामा वालकको लास फेला परेको थियोे ।जिल्ला प्रहरी कार्यालय बारा का प्रहरी नायब उपरीक्षक गौतम मिश्र को कमाण्डमा अनुसन्धान टोलि खटिएको र तालीम प्राप्त कुकुर समेत झिकाई अनुसन्धानमा कुकुर समेतको प्रयोग भएको पत्रकार सम्मेलन मा जनाइएको छ ।पक्राउ परेका तिनै जनाको बालक संग मो पारिवारिक तथा जग्गा जमिन संबन्धी विवादका कारण रिसइवी रहेको र आपसी विवाद, झै–झगडा, प्रेम संवन्ध एंव सहज तार्गेट तथा आर्थिक लाभ समेत रहेको प्रहरी ले पत्रकार सम्मेलन म जनाएको छ ।
पूर्व योजना बमोजिम कियामुदिन मंसुरीले आफ्नो घरमा रहेको घरेलु हतियार (दाप) घटनास्थल नजिकै नालामा लगेर ३ घन्टा अगाडी नै लुकाएको प्रहरी को अनुसन्धान ले स्पष्ट गरेको छ ।तीनै जना अभियुक्तहरु लागुपदार्थ सेवनकर्ता रहेको र उनीहरुले एक दिनअघि नै बालकको हत्या योजना बनाएका थिए।
पक्राउ परेका कियामुद्दिन मंसुरीले आफ्नो घरमा रहेको घरेलु हतियार (दाप) घटनास्थल नजिकै नालामा लगेर तीन घन्टा अगाडि नै लुकाएका थिए।बालकको मृत्यु भए नभएको यकिन गर्नको लागि दापले आबेदिनले खुट्टा, कम्मर र ढाडमा दापले प्रहार गरेका थिए। तीनै जनाले बालकलाई खाल्टोमा लगेर पुरेका थिए ।पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी प्रमुख शाहीले बताउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस