आन्तरिक राजस्व कार्यालयद्धारा बजार अनुगमनको हल्लाले कटहरियामा पसलहरु हुन्छन् बन्द

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र ८, आईतबार (४ साल अघि)
  • ३ पटक पढिएको
आन्तरिक राजस्व कार्यालयद्धारा बजार अनुगमनको हल्लाले कटहरियामा पसलहरु हुन्छन् बन्द


वर्तमानकाल समाचारदाता । कटहरिया । चैत्र ०८ गते
रौतहटको ब्यापारिक नगरी चर्चित कटहरिया लगायत विभिन्न ग्रामिण एवं चहलपलह हुने चोकहरुमा रहेका आन्तरिक राजस्व कार्यालयमा दर्ता रहेका र नरहेका पसलहरु अचानक बन्द रहेको पाइएको छ । खास गरी हार्डवेयर, जेनरल सपलायर्स, किराना, पारचुन सहितका विभिन्न पसलहरु आन्तरिक कार्यालयमा दर्ता नगराई संचालन गरेर राज्यलाई तिर्नुपर्ने टैक्सको चोरी गरिरहदा उक्त कार्यको अनुगमन गर्न आन्तरिक कार्यालयका कर्मचारीहरु छड्के जाँच आवद्ध नरहेका पसलहरु धमाधम बन्द भएको पाइएको हो । कटहरिया बजारमा संचालन रहेका पारचुन, किराना, हार्डवेयर, जेनरल सप्लायर्स सहितका विभिन्न पसलहरु घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएपनि आन्तरिक राजस्व कार्यालयमा दर्ता नगराई टैक्स चोरी गरिरहेको गुनासो बढ्दै जाँदा स्थानीय प्रशासनको समन्वयमा आन्तरिक राजस्व कार्यालयले अनुगमन गर्दा उक्त पसलहरु बन्द भएको पाइएको हो । हरेक पटक आन्तरिक राजस्व कार्यलायबाट अनुगमनमा आउदा प्रायः जसो कटहरिया बजारको पसलहरु बन्द नै भएको देखिएको थियो । आन्तरिक राजस्व कार्यालयबाट कर्मचारी आएर प्यान, भ्याटमा दर्ता भए नभएको,खरिद बिक्री हेर्न थालेपछि पसल दिउँसै बन्द भएको देखिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस