नगर उद्योग बाणिज्य संघ गरुडा द्वारा होलिको शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र १२, बिहिबार (४ साल अघि)
  • २ पटक पढिएको
नगर उद्योग बाणिज्य संघ गरुडा द्वारा होलिको शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न

प्रदीप दास। गरुडा। चैत्र १२ गते।

रौतहट जिल्लाको गरुडा नगरपालिकामा नगर उद्योग बाणिज्य संघ गरुडा द्वारा होलिको शुभ अवसरमा शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। शुभ कामना आदान प्रदान कार्यक्रम संघका अध्यक्ष हरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ। शुभ कामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथिको रुपमा गरुडा ईलाका प्रहरी कार्यालयका डीएसपी रबि रावल ,अतिथि राजपाको प्रत्यासी संसद उम्मेदवार कन्थमणी प्रसाद जैसवाल ,प्रदेश नम्बर -२ सुन चांदी व्यवसायी संघका अध्यक्ष रामजी प्रसाद साह लगायत नगर उद्योग वाणिज्य संघका सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा बरिष्ट ब्यापारीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा होलि पर्वको मध्येनजर गर्दै , होली समयभरि बिना हेल्मेटको र लागु पद्दार्थ सेवन गरि सवारी साधन नचलाउन सम्पूर्णमा संघका अध्यक्ष चौधरीले आग्रह पनि गर्नु भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस