विद्यालयको एउटा कोठामा स्वास्थ्य चौकी राखेर जनताहरुलाई सेवा दिरहेकोछु – वडाध्यक्ष आलम

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र १२, बिहिबार (४ साल अघि)
  • ३ पटक पढिएको
विद्यालयको एउटा कोठामा स्वास्थ्य चौकी राखेर जनताहरुलाई सेवा दिरहेकोछु – वडाध्यक्ष आलम


प्रदीप दास। चैत्र १२ गते।

नमस्कार ,स्वागत छ यहाँलाई वर्तमानकाल दैनिक पत्रिकाको यो नयाँ संवादमा।

धन्यवाद ,तपाईलाई अनि तपाईको होलटिमलाई। मेरो व्यक्तिगत तर्फ र यो गरुडा नगरपालिकाको सम्पूर्ण परिवारको तर्फबाट हिन्दुहरुको महानपर्व रंग र अबिरको पर्व होलीको शुभ अवसरमा गरुडा नगरपालिकाका सम्पूर्ण नगरबासि लगायत देश–विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा सुस्वास्थ्य ,दिर्घायु र समृद्धिको लागि मंगलमय शुभकामना व्यक्त गर्दैछु।

प्रश्न नम्बर –०१ तपाई आफ्नो छोटो परिचय दिनुहोस।
–मेरो नाम मोहसर आलम हो। म रौतहट जिल्लाको गरुडा नगरपालिकाको वडा नम्बर –८ का वडाध्यक्षको रुपमा पदभार सम्भाल्दै आएको छु। साथ–साथै यस गरुडा नगरपालिकाको जनताहरुलाई प्रत्येक समस्यामा पनि साथ दिदै आएको छु।
प्रश्न –२ तपाई कुन पार्टीमा आबद्ध हुनुहुन्छ ?
–म नेपाल कम्युनिष्ट पार्टी एमाले मा आवद्ध छु ।यो पार्टी मलाई धेरै नै मन पर्छ ,किनभने गरीब ,दलित,मुस्लिम , बिपन्न परिवार ,पिछडावर्ग ,मुसहर ,डोम ,दुसाधलाई स्तरोन्नति गर्न विशेष पहल गरेको छु।
प्रश्न नम्बर –३ तपाई राजनीतिमा लाग्नुको मुख्य उद्देश्य के होला ?
– मेरो पुर्ख्यौली राजनीति कम्युनिष्ट पार्टीबाट नै शुरु भएको हो ,मेरो समाजमा रहेका बिकृति ,कुप्रथा र समाजमा रहेका बिशेष समस्याहरुको कसरी समाधान हुन्छ त्यो बिषयलाई लिएर म समाधान गर्न का लागि समाजलाइ सुखी सम्पन्न बनाउनका लागि यो राजनीति क्षेत्रमा लागेको छु।
प्रश्न नम्बर –४ तपाई यो गरुडा नगरपालिकाको वडा नम्बर –८ का वडाध्यक्ष भएर के के काम गर्नु भयो ?
–हाम्रो यो वडामा भन्नु पर्दा मैले धेरै कामहरु गरेर जनता समक्ष देखाएको छु । गरुडा नगरपालिका वडा नम्बर –८ अन्तर्गत करीब डेढ किलो मिटर पीसीसी सडक ढलान ,नाला ,किसानहरुको कृषिमा स्तरोन्नति बढाउनका लागि मल्ल खाद् सस्तो र भर्पर्दो रेटमा उपलव्ध गराएको छु साथै बाकी रहेका ठाउमा पक्कि सडक ढलान , धार्मिक स्थलहरु निर्माण गर्न योजना बनाएको छु र हिन्दुहरुको लागि बिभिन्न ठाउमा मठ मन्दिर ,मुस्लिम समुदायमा मस्जिद र इदगाह बनाउने तर्फ ध्यान केन्द्रित गरेको छु।
प्रश्न नम्बर –५ तपाई आफ्नो वडामा गरीब ,दलित र मुसहर समुदायका लागि जनता आवास कार्यक्रमबाट के कस्तो काम गर्नुभएको छ ?
– हो ,तपाई यो धेरै राम्रो प्रश्न गर्नु भयो मलाई खुशी लाग्यो , हाम्रो यो गरुडा नगरपालिकामा र वडामा जनता आवासको कार्यक्रम आएको छैन ,यो कुरा मलाई थाहा पनि छैन ,सहरी सघन कार्यक्रम आएको छ ,जसबाट हामि यो सहरी सघन कार्यक्रमबाट फुसको छाना भएका घरहरुको लागि जस्ता पाता राख्ने कार्यक्रम रहेको हो।
प्रश्न नम्बर –६ तपाई आफ्नो वडामा शिक्षा ,स्वास्थ्य र किसानको स्तरोन्नति गर्न के कस्तो ध्यान दिनु भएको छ ?
–शिक्षा को कुरा छ ,स्वास्थ्यको कुरा छ जहाँ सम्म भन्नु पर्दा यहाँ स्वास्थ्य चौकीको भवन छैन ,भवन न भएर म विद्यालयको एउटा कोठामा स्वास्थ्य चौकी राखेर जनताहरुलाई सेवा दिरहेको छु। स्वास्थ्य चौकी भवन म बिर्ता चौकमा निर्माण गर्न लागेको थिए केहि बिपक्षीहरुले आदलतमा मुद्दा हालेर त्यो कार्य रोक्का गराएको कारण अहिले विद्यालयको भवनमा राखेर सेवा सुबिधा दिरहेको छु। साथै खानेपानी ट्यांकीको भवन निर्माणको काम वाल घेराउ को काम सम्पन्न भई सकेको छ र अब केहि वर्ष भित्रै खाने पानिको काम पनि सु सम्पन्न हुने विश्वास राखेको छु।
प्रश्न नम्बर –७ अन्त्यमा तपाई आफ्नो विचार जनताहरु माझ के संदेश दिन चाहनुहुन्छ ?
–म आफ्नो गरुडा नगरपालिकाको वडा नम्बर –८ को जनताहरुसंग के भन्न चाहन्छु भने तपाईको लागि म केहि काम खराब काम गरेको छु ,या सहि काम गरेको छु त्यो मेरो सामु आएर गलत सहिको विचार दिनु होस् । आगामी निर्वाचनमा विकास गरेको र विकास गर्ने नेतालाई पहिचान गरि मात्र आफ्ना बहुमुल्य मत दिनु होला भनि भन्न चाहन्छु।
हवस्त। तपाईलाई धेरै धेरै धन्यवाद । हाम्रो यो वर्तमानकाल दैनिकको बिशेष सम्बादमा तपाई आफ्नो बहुमुल्य समय दिनु भएकोमा।

धन्यवाद , प्रदीप जी तपाईलाई अनि तपाईको होल टिमलाई। फेरी पनि मेरो व्यक्तिगत तर्फ र यो गरुडा नगरपालिकाको सम्पूर्ण परिवारको तर्फबाट हिन्दुहरुको महान पर्व रंग र अबिरको पर्व होलिको शुभ अवसरमा गरुडा नगरपालिकाका सम्पूर्ण नगरबासि लगायत देश विदेशमा बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा सुस्वास्थ्य ,दिर्घायु र समृद्धिको लागि मंगलमय शुभकामना व्यक्त गर्दै छुटिन चाहन्छु नमस्कार, धन्यवाद ।

ताजा अपडेट

खोजी गर्नुहोस