यमुनामाईमा मृत अवस्थामा महिलाको शव फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र १३, शुक्रबार (४ साल अघि)
  • २ पटक पढिएको
यमुनामाईमा मृत अवस्थामा महिलाको शव फेला


स्मिथ रजक । गौर । चैत्र १३ गते ।
यमुनामाईमा मृत अवस्थामा महिलाको शव फेला परेको छ । जिल्ला रौतहट यमुनामाई गाउँपालिका वडा नं. ५ झुनखुनुवा स्थित त्यहीँ ठाउँ वस्ने सुन्दर साहको खेतमा नामथर वतन नखुलेको अन्दाजी वर्ष २४÷२५ को महिलाको भुसको आगोमा आधा जलेको अवस्थामा लास फेला परेको प्रहरीले जनाएको हो । सो घट्ना सम्बन्धमा थप अनुसन्धान भईरहेको लासको सनाखत हुन नसकेकोले पहिचान गर्न सक्ने व्यक्तिहरुले जिल्ला प्रहरी कार्यालय, रौतहटको मोबाईल नं.९८५५०४०९९९, १०० मा सम्पर्क गरी वा उपस्थित भई सनाखत गराई दिनु हुनको लागि जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस